Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

आज राति अत्याधिक मात्रामा उल्का वर्षा हुने

आज राति अत्याधिक मात्रामा उल्का वर्षा हुने

काठमाडौं । आज राति अत्याधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो ।

उल्का वर्षाको स्रोत बुटिज भूतप नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासो ले जनाएको छ ।

भूतप उल्का वर्षा आज दिउँसैदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि नेपाली समयअनुसार राति ११ ३० बजेदेखि भोलि शुक्रबार बिहान सूर्योदय अगाडि हेर्न सकिनेछ ।

उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्ने नासोले बताएको छ ।

अत्यधिक उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि १२० वटा सम्म उल्का वर्षा हुने अनुमान गरिएको छ ।

नासोका अनुसार ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० कि।मि माथि वायुमण्डलमा देखिनेछन् ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ ।

उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको वा तारा पोइल गएको पनि भन्ने गरिन्छ ।