Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रवि लामिछाने एक्कासी पुगे बालकोट, ओलीसँग के भयो कुराकानी ?

रवि लामिछाने एक्कासी पुगे बालकोट, ओलीसँग के भयो कुराकानी ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुगेका छन् । अहिले उनिहरु बिभमा बिच छलफल भईरहेको स्रोतले बताएको छ । अध्यक्ष ओली र सभापति लामिछानेबिच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन । पछिल्लो समय रबि सहकारीको बिषयमा तानिए पछि विभिन्न किसीमका चर्चा पनि भईरहेको छ । बिनाधितो १२ करोड ग्यालेक्सीमा दिएको भन्दै रबिलाई सञ्चार माध्यमले खेदो खनिरहेका बेला भएको भेटलाई अथएपुर्ढा रुपमा हेरिएको छ । ग्यालेक्सी टेलिभिजनका अध्यक्षसमेत रहेका जीबी राईको समूहले पोखराको सूर्यदर्शन सहकारीको डेढ अर्ब मात्र होइन, साहारा चितवन बहुउद्देश्यीय सहकारीको करिब ८५ करोड हिनामिना गरेको भेटिएको छ । राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएका बेला गोर्खा मिडिया नेटवर्क प्रालिले चितवनको सहकारीबाट ११ करोड ७१ लाख रुपैयाँ लिएको कागजातबाट खुलेको भन्दै कान्तिपुरले समाचार लेखेपछि लामिछाने चिन्ता छन् ।

त्यसमाथी राष्ट्रिय सभा निर्वाचनको सर्गमी बडीरहेको छ । ओलीले गठबन्धन संग भाग मागीरहेको बेला यी दुई बिचको भेटलाई निकै अर्थ पुर्ण रुपमा हेरिएको हो । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने भएपछि कसको कोसँग प्रतिस्पर्धा हुने भन्ने प्रश्न उठेको छ ।निर्वाचन मिति नजिकिँदै जाँदा सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच गठबन्धन गरेर निर्वाचनमा सहभागी हुने विषयमा छलफल सुरु भएको छ । यद्यपि, कुन मोडेलमा सिटको बाँडफाट गर्ने विषयमा ठोस प्रस्ताव नआएको नेताहरू बताउँछन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिल्नुपर्ने प्रस्ताव गरेका छन् । यता ओलीलाई राष्ट्रिय सभामा संगै लैजाने प्रस्ताब पछि माधब नेपाल असन्तुष्ट छन् । पछिल्लो समय प्रचण्ड र ओलीको विचमा वान टु वान गोप्य बार्ता भईरहेको छ । जस्ीले गर्दा पुरानौ गठबन्धन पनि बिउँतिने हो कि भन्ने आशंका उत्पन्न भएको छ । जस्ले गर्दा रबि र ओलीको भेटबार्तालाई महत्वपुर्ण रुपमा लिईएको छ । रास्वपा पनि सरकारमा जान खुट्टमे उचालेर बसेको छ । यता एमाले पनि सुवाती चरण देखी नै गठबन्धन भत्काउने खेलमा लागी परिरहेकै छ । ओलीले पनि सार्वजनीक कार्यक्रममै यो बिषयमा बोल्दै आएका छन् । पुरानो गठबन्धन बिउतिए रबि पनि फर्किने स्रोतले दाबी गरेको छ । त्यसै अनुरुप राप्रपालाई पनि फकाउन सुरु भईसकेको छ ।