Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

राष्ट्रियसभामा भाग नपाएका गठबन्धनका साना दल- जनमतको आफ्नै तयारी

राष्ट्रियसभामा भाग नपाएका गठबन्धनका साना दल- जनमतको आफ्नै तयारी

काठमाडौं । राष्ट्रिय सभाको १९ सीटमा गठबन्धनका चार ठूला दलले भागबन्डा गरेपछि साना दलले असन्तुष्टि जनाएका छन् ।

कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सीट लिएपछि गठबन्धन आबद्ध साना दल चिढिएका हुन् । तर, गठबन्धनको विकल्प खोजिहाल्ने परिस्थितिमा पनि छैनन् ।

ठूला दलले मिलेर भाग लिएपछि गठबन्धनमा आबद्ध साना दल जनमत पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीको हात रित्तो भएको हो ।

गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले भने आफ्नै उम्मेदवार उठाउने तयारी भइरहेको अध्यक्ष सीके राउतले बताए ।

सरकारलाई समर्थन गरे पनि कतै भाग नलिएको जनमोर्चालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सीट दिने गठबन्धनमा सहमति बनेको छ ।