Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भूकम्पको क्षति रोक्न हातेमालो गरौं : गृहमन्त्री श्रेष्ठ

भूकम्पको क्षति रोक्न हातेमालो गरौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्पबाट हुन सक्ने क्षति रोक्न तीनै तहका सरकारले हातेमालो गर्नुपर्ने बताएका छन् ।

नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने भएकाले जोखिम न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच हातेमालो आवश्यक रहेको बताएका हुन् ।

काठमाडौं महानगरपालिकाले आज बिहान भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

संघीय सरकार पालिकाहरुलाई सामर्थवान बनाउन मिलेर काम गर्न तयार रहेको र सबै स्थानीय तहलाई आपतकालीन कार्यसञ्चालनका लागि औजार तथा उपकरण उपलब्ध गराउँदै आएको समेत उनले बताए ।

विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको र त्यसमा काठमाडौं महानगरले पनि पहल लिएको भन्दै उनले खुशी व्यक्त गरे ।

विद्यमान सबै संरचनाहरुको जोखिम आँकलन गर्ने, प्रबलीकरण लगायतका विधि प्रयोग गरी सुरक्षित बनाउने र नयाँ बन्ने भवन तथा संरचना सुरक्षित हुनेगरी संहिता पालना गर्न, गराउनमा महानगरले अग्रणी भूमिका खेल्ने विश्वास उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले व्यक्त गरे ।