Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

राज्यको सिमित आम्दानीबाट अनगिन्ति रुपमा खर्च गर्ने सरकारलाई छुट छैन : प्रकाशशरण महत

राज्यको सिमित आम्दानीबाट अनगिन्ति रुपमा खर्च गर्ने सरकारलाई छुट छैन : प्रकाशशरण महत

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राज्यको सिमित आम्दानीबाट अनगिन्ति रुपमा खर्च गर्ने सुविधा सरकारलाई नभएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले सिमित स्रोतबाट जनताको न्यूनत र समयानुकूल आवश्यकता परिपूर्ति गर्नुपर्ने भन्दैमा जथाभावी खर्च गर्ने छुट सरकारलाई नभएको बताएका हुन् ।

उनले भने, ‘एउटा परिवारको न्यूनतम र समयानुकूल आवश्यकता कसरी परिपूर्ति गर्ने भन्ने हाम्रो चिन्ताको विषय हो । आम्दानीको स्रोत सिमित छ, प्राप्त आम्दानीहरुलाई प्राथमिकताको आधारमा कसरी खर्च गर्ने त्यो राज्यले व्यवस्थापन गर्ने कुरा हो । अनगिन्ति रुपमा जहाँ पनि खर्च गर्ने सुविधा हामी कसैलाई पनि छैन । किनभने हामीसँग प्रयाप्त स्रोत छैन । स्रोतको सही तरिकाले खर्च भएको छैन् । सरकारी खर्च ठिक ठाँउमा भइरहेको छैन् ।’

उनले बजेटले अर्थतन्त्रको समस्याको आधारभूत प्रश्नको उत्तर नदिएको भन्दै कनिका छरेजस्तो बजेट छरेपछि सोचेजस्तो परिणाम नआउने पनि बताए । ‘यो बजेटले हाम्रो अर्थतन्त्रको समस्याको आधारभूत प्रश्नको उत्तर दिएन । हामी सरकारमा रहँदा के कार्यविधि बनाएका थियौं भने कुनैपनि विकास निमार्णमा तीन करोडभन्दा तलको आयोजना केन्द्रीय सरकारले नगर्ने भन्ने थियो ।प्रधानमन्त्रीले हामी गठबन्धनबाट हटेपछि पनि हुँदैन भनेर नै बोल्नु भएको थियो । तर अहिले त्यसको पालना भएको छैन् । बजेट कनिका छरेजस्तो छ । बालुवामा पानी हालेपछि परिणाम कसरी आउँछ ?’डा.महतको प्रश्न थियो ।

अर्थतन्त्रलाई ठिक ठाँउमा लाने सम्भावनाहरु भएपनि अनुशासनको खाँचो भएको भन्दै त्यसको लागि वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी भएको बताए ।

वितरणमुखी होइन उत्पादनमुखी लगानी जरुरी छ । बजेट हेर्दा आकार बढेर आएको छ । बजेट बढाउँदा आम्दानी कहाँबाट देखाउनुभयो ? ९० अर्ब थप ऋण नीजि बैंकहरुबाट लिने निर्णय भएको छ तर त्यसो हुँदा निजी क्षेत्रलाई उपलब्ध ऋण कम हुन जान्छ । यस्ताखाले समस्याहरु बजेटमा प्रशस्त छन् ।’