Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको बिकास हुन सक्दैन : गौतम

देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको बिकास हुन सक्दैन : गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको बिकास हुन नसक्ने बताएका छन् ।

आज (आइतबार) राष्ट्रियसभामा बोल्दै गौतमले विश्वका अधिकाशं देशमा भूमि राष्ट्रियकरण गरेकै कारण बिकास भएको भन्दै नेपालमा सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म बिकास हुन नसक्ने बताएका हुन् । वस्तु उत्पादन गर्ने आधारका रुपमा रहेका भूमिलाई टुक्रा–टुक्रा काटेर बाँडेर देश समृद्ध हुन नसक्ने उनले बताए ।

उनले भूमिमाथि राज्यको अधिकार कायम नभइसम्म नेपालीको अवस्था माथि उठ्न नसक्ने धाराण राखे ।