Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

‘अहिले प्रचण्ड भन्ने मान्छे नेपालको प्रधानमन्त्री छ’- शाहीलाई प्रधानमन्त्रीको जवाफ

‘अहिले प्रचण्ड भन्ने मान्छे नेपालको प्रधानमन्त्री छ’- शाहीलाई प्रधानमन्त्रीको जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै युद्धमा रुसी सेनामा रहेको नेपालीलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

आज (मंगलबार ) प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठको अनुपस्थितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्नमा युद्धमा रहेका नेपालीसँग आफुले रातको १२ बजे कुरा गर्ने गरेको बताए । सांसद शाहीले देशमा सरकार र प्रधानमन्त्री छ ? भन्दै गरेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले भने, ‘एक जना माननीय सदस्यले नेपालमा प्रधानमन्त्री छ कि छैन ? रुसी सेनामा गएका नागरिक ल्याउन के भएको छ भनेर जिज्ञासा राख्नुभयो । यहीँ हुनुहुन्छ कि जानुभयो ?

त्यसपछि उनले भने,- नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ ।’ उनले अझैँ थपे ‘सरकारले पठाएर रुसी सेनामा गएका त हैनन् नेपाली नागरिक । नेपाली सेना रुसी सेनामा जानु र त्यहाँ मारिनु दुःखद कुरा हो । अझ म जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु, राती १२ बजे रुसी सेनाको मोर्चामा भएका नेपालीसँग फोनमा मैले कुरा गर्ने गरेको छु,’ ‘उनीहरूलाई फिर्ता ल्याउन त्यहाँ भएकाहरूसँग राय लिएको छु, त्यस्तो प्रधानमन्त्री । तपाई कुनै दिन हुनुभएछ भने तपाईँले कति गर्नुहुन्छ म पनि हेर्न चाहन्छु ’उनले भने ।