Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वास मत लिने भएका छन्।

प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्। ‘प्रधानमन्त्रीज्यूले यही असार २८ गतेको संसद् बैठकमा विश्वास मत लिने तयारी गर्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।  नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए।

हाल  ती सबै मन्त्रालय प्रधानमन्त्री प्रचण्डको जिम्मेवारीमा रहेको छ । साथै एमालेले शुक्रबार सङ्घीय संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी समेत दिएको छ ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो। अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले भने आफूले संसद् फेस गर्ने बताइरहेका छन्।