Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

आजको प्रतिनिधिसभाको बैठकमा कुन सांसदले के-के कुरामा सरकारको ध्यानाकषर्ण गरे ?

आजको प्रतिनिधिसभाको बैठकमा कुन सांसदले के-के कुरामा सरकारको ध्यानाकषर्ण गरे ?

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

आज प्रतिनिधिसभाको बैठकमा उनीहरुले नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै विपदको समयमा नागरिकको उद्धार तथा राहत वितरणलाई प्रभावित बनाउन माग गरे ।

सांसद शङ्कर भण्डारी: मुलुकभर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सरकारसँग आग्रह गरे । “७७ वटै जिल्लामा सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्छ”, उनले भने ।

सांसद नारायणप्रसाद आचार्य: पाल्पाको निस्दी, पूर्वखोला, माथागढी, रम्भा र रैनादेवी छहरालगायत ग्रामीण क्षेत्रमा सडक र विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिँदै अत्यावश्यक सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद हितराज पाण्डे: लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको जनाउँदै विपदमा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए । बाढी र पहिरोमा परी निधन भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै बेपत्ताको खोजी गर्न तथा घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद सूर्यबहादुर थापा क्षेत्री: मनसुनजन्य विपद्मा परेका नागरिकको उद्धार तथा राहतमा सरकारको ध्यान पुग्न नसकेको बताए । बर्सेनि दोहोरिने विपद्का घटना न्यूनीकरण गर्न सरकारकाले विशेष योजना बनाउनुपर्नेमा जोड दिँदै उनले वर्षाका कारण अवरुद्ध सडक व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

सांसद छिरिङ ल्हामु लामा तामाङ: वर्षाका कारण सडक भासिँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जनाउँदै अवरुद्ध सडक तत्काल सञ्चालनका लागि सरकारको ध्यानाकर्णण गराइन्।

सांसद अब्दुल खान:  विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे । सांसद राजु थापाले अविरल वर्षाका कारण सिङ्गो मुलुक प्रभावित भएको उल्लेख गर्दै प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।