Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस-एमाले एक ठाउमा आउँछन: योगेश भट्टराई

देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस-एमाले एक ठाउमा आउँछन: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस-एमाले एक ठाउमा आउने गरेको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउमा आएको बताएका हुन् । देश आर्थिक रुपमा संकटमा रहेको, संबिधानका केहि विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।

उनले पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफुहरु सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल शुरु गरेको आरोप लगाए ।

उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस-एमाले मिलेर काम गर्ने बताए । उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउदै संबैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न समेत आग्रह गरे ।