Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

अल्पमतमा परेको सरकार सत्तामा बस्न मिल्दैन: सांसद गैरे

अल्पमतमा परेको सरकार सत्तामा बस्न मिल्दैन: सांसद गैरे

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेको सरकार सत्तामा बस्न नमिल्ने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गरेका हुन् ।

उनले विपक्षमा करिब दुई तिहाई बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।