काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरेको छ ।
जारी केन्द्रीय समितिको बैठकमा अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको एक सदस्यले जानकारी दिए । अहिले सोही विषयमा छलफल भइरहेको छ । उनका अनुसार अनुशासन आयोगले पनि उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णय गर्ने तयारी गरेको छ ।
रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।