Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

‘रविको क्लबबाट निष्कासित भएको हुँ पार्टी भित्र घण्टी बज्न रोकिदैँन’: मुकल ढकाल

‘रविको क्लबबाट निष्कासित भएको हुँ पार्टी भित्र घण्टी बज्न रोकिदैँन’: मुकल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछानेको क्लबबाट निष्कासित भएको बताएका छन् ।

पार्टीको सबै जिम्मेबारीबाट निष्कासन भएसँगै सञ्चारमाध्यमसँग प्रतिक्रिया दिदै भने ‘रवि लामिछानेको क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ । उनले आफ्नो सबै पद गुमेपनि रास्वपामै रहने संकेत देखाएका छन् । उनले थप्दै भने, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

महामन्त्री ढकाललाई आज मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्य समेतबाट हटाएको थियो । रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट मुक्त गरेपनि साधारण सदस्यबाट भने हटाएको छैन ।