Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । ओलीलाई आइतबार राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ।

यसैसँगै ओली नेपालको प्रधानमन्त्री बनेका छन् । साथै यो सँगै ओली चौथो पटक नेपालको प्रधानमन्त्री बनेका छन् । यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।