काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।
आज (सोमबार) पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनले त्यसअघि लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए ।
प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
आज (सोमबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।