Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वासको मत

प्रधानमन्त्री ओलीले पाए दुई तिहाइ विश्वासको मत

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा भएको मत विभाजनमा प्रधानमन्त्री ओलीले मूख्य ठुला दल काँग्रेस, एमाले सहित केहि साना दलको समर्थनमा विश्वासको मत प्राप्त गरेका हुन्। कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । यो संसद्को दुई तिहाइ मत हो ।

उनको विपक्षमा ७४ मत परेको थियो । १ सांसद तटस्थ बसे । ओलिलाई माओवादी, राप्रपा, समाजवादी र रास्वपाले विश्वासको मत दिएको थिएन ।