प्रधानमन्त्री केपि ओली को कम्वोडिया को टेलिकम मा लगानी छ भन्ने कुरा सामाजिक संजालमा प्रचार भएको छ। जुन कुरा झुठा हो भनेर स्वयं प्रम ओली ले 2081 मंसिर 7 को पार्टीको जागरण सभा मा भन्नु भयो। यो कुराको प्रचार आज भन्दा साढे चार वर्ष अगाडी विसं 2077 असार 29 गते ( 13 July 2020 ) को The Economic Times ( मुम्वई ) अंग्रेजी पत्रीका मा लेवनानी मुलका फ्रेन्च पत्रकार Roland Jacquard ले " चीनले नेपाल जस्ता आर्थिक रुपमा कमजोर देश हरुमा प्रवेश गर्न भ्रष्ट नेताहरु लाई प्रयोग गर्छ " भन्ने शिर्षक राखि लेख छापे । जुन लेखमा भनिएको थियो कि - केपि ओली ले नेपालका तत्कालिन चिनिया राजदुत उ चुन्ताई को सहयोग र क्याम्वोडियाका प्रमं हुन सेन को समन्वयमा क्याम्वोडियाको टेलिकम क्षेत्रमा लगानी गरेका छन।जस्को प्रत्येक वर्षको कमाई जेनेभा स्थित Mirabaud वैंकमा रहेको केपि को खातामा जम्मा हुन्छ भन्ने आरोप लगाए। त्यहि कुरा तत्कालै नेपालमा hamrakura.com का सम्पादक अजयवावु सिवाकोटि ले प्रकाशित गर्नु भयो।
16 July मै प्रेस काउन्सिलले (अध्यक्ष किसोर श्रेष्ठ) सिवाकोटिलाई प्रमं केपि ओली माथि लगाइएको आरोपको प्रमाण पेश गर्न 24 घण्टे अल्टिमेटम दियो। आफु संग प्रमाण नभएको वरु Economic Times मा प्रकासित रिपोर्ट को उल्था गरेको हुं भन्दै छप्नु गल्ती भएको स्विकार गरे! जुन कुराको आधिकारिक पुष्टि नभैरहेको स्थितिमा करिव साढे 4 वर्ष पछि फेरि त्यहि कुराको प्रचार किन भै रहेको छ ? यस कुराको विश्लेषण गर्नु पुर्व उक्त प्रचार अभियान चलाउनु पुर्व को राजनैतिक परिस्थिति को पृष्ठभुमि केलाउनु उपयुक्त हुनेछ!
(1) 2077 वैशाख 26 ( 2020 May 8 ) - भारतिय रक्षामंत्री राजनाथ सिं ले धार्चुला- लिपुलेक जोड्ने 80 km लामो सडक को उद्घाटन गर्नु भो!
(2) 2077 वैशाख 29 ( 2020 May 11 ) - नेपालको परराष्ट्र मंत्रालय ( मंत्री प्रदिप ज्ञवाली ) ले भारतिय दुतावास म एक Diplomatic Note पठाएर विरोध जनायो !
(3) 2077 जेठ 2 ( 15 May) - भारतिय सेनाध्यक्ष MM Naravane ले नेपालको विरोध अरु कसैको निर्देशनमा भएको भन्ने आरोप लगाउनु भो ।
(4) 2077 जेष्ठ 4 ( 17 May) - प्रमं केपि ओली ले मंत्री परिषद वैठकमा भारतिय सेनाध्यक्षको भनाई आपत्तिजनक रहेको वताउनु भयो।
(5) 2077 जेष्ठ 5 ( 18 May ) - मंत्री परिषद वैठकले नेपालको नयां नक्सा ( चुच्चे नक्सा) जारी गर्यो ।
(6) 2077 जेष्ठ 6 ( 19 May ) - संसदमा प्रम केपि ओली ले नीति कार्यक्रममा वोल्दै" भारतको राष्टृय प्रतिक चिन्ह मुनि लेखिएको सिंहमेव जयते हो कि सत्यमेव जयते हो भारतलाई सोध्न चाहन्छु " भन्नु भयो। सोहि संवोधनमा प्रमं ओली ले चीनको उहान वाट , इटाली वाट संक्रमित भएर आएको कोरोना भाइरस भन्दा भारत वाट आएको चाहि अलि कडा भाइरस देखिएको " वताउनु भयो ।
(7) 2077 असार 7 ( 21 June 2020) - प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति ले नेपाली पुरुष संग विहे गर्ने विदेशि महिलाले 7 वर्ष नेपालमा स्थाई वसोवास गरेपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता पाउने विधेयक वहुमतले पास गर्यो। समितिमा कांग्रेस, राजेन्द्र महतोको राजपा र उपेन्द्र यादव को समाजवादी ले फरक मत राखे। भारत को पनि विरोध रह्यो।
(8) 2077 असार 14 ( 28 June 2020) - मदन भण्डारी जन्म जयन्ती को एक कार्यक्रममा प्रमं केपि ओली ले भन्नु भयो - "58 वर्ष देखि खोसिएको जमिन फिर्ता ल्याउन खोजिएको छ । त्यसो गरे पछि नेपालकै नेता हरु केपि लाई नहटाई हुन्न भन्दै लागि परेका छन । दिल्लीका संचार माध्यम , यहाका होटेल हरुमा भएका गतिविधी , र एम्वेसि को सकृयताले यस कुरालाई देखाई रहेका छन " भन्नु भयो ।
(9) 2077 असार 16 ( 30 June) - नेकपा को स्थाई कमिटीको 5 औं वैठकमा अर्का अध्यक्ष प्रचण्डले केपि ओली लाई पार्टी अध्यक्ष र प्रमं दुवै पद वाट राजिनामा दिनु पर्ने माग गर्नु भयो।
(10) 2077 असार 17 ( 1 July 2020) - पुर्व प्रमं झलनाथ खनाल ले विविसि संग कुरा गर्दै " मित्र राष्ट्र हरु प्रति विभिन्न खाले गाली गर्न थाल्नु भो ,असन्तुलित हुनु भो । केपि लाई पदमा वस्ने कुनै अधिकार छैन " भन्नु भयो ।
(11) 2077 असार 29 ( 13 July 2020) - आदीकवि भानुभक्त को 207 औं जन्म जयन्तीमा संवोधन गर्दै प्रमं केपि ओली ले भगवान रामको जन्मभुमि नेपाल को ठोरीमा रहेको र भारतले नक्कली अयोध्या सृजना गरेको वताउनु भयो ।
(12) 2077 असार 29 ( 13 July 2020 ) - मुम्वै मा हेड क्वाटर रहेको " The Economic Times " पतृकामा लेवनानी मुलका फ्रेन्च पत्रकार Roland Jacquard ले नेपालका प्रमं केपि ओली को क्याम्वोडियाको टेलेकम मा लगानी छ भन्ने लेख छाप्नु भयो। पृष्ठभुमी मा रहेका घटनाक्रम ले गर्दा यस्ता प्रचार केपि ओली माथि पुर्वाग्रहपुर्ण र प्रायोजित आक्रमणको हिस्सा हो भन्ने वुझ्न सकिन्छ ! यस काममा अन्तरराष्टृय रुपमा नै कसैको विरोधमा अरु कसैले पैसा खुवाएर वदनामी अभियान चलाउन प्रयोग गरिएका पात्रहरु प्रयोग भएको कुरा निम्न तथ्य वाट वुझ्न सकिन्छ।
आखिर Roland Jacquard को हुन भन्ने कुरा निम्न तथ्य हरुले प्रष्ट पार्दछ!
(1) Qatar Diplomatic Crisis = 2017-2021 सम्म कतार र अरव लिगका राष्ट्र हरु विच सम्वन्ध विगृयो।शुरुमै साउदि अरव , UAE , वहराइन ,ईजिप्टले कतार संग द्विपक्षिय सम्वन्ध तोडेर कतार वाट चल्ने हवाई जहाज , पानी जहाज सवै माथि प्रतिवन्ध लगाए । USA को सकृयतामा 2021 जनवरी मा साउदि र कतार विच सम्झौता भए पछि मात्रै यो द्वन्द तोडियो। कतार लाई isolate गर्नु पर्ने कारण मा कतार ले आतंकवादी लाई समर्थन गरेको ,ईरान संग सम्वन्ध राखेको, Muslim Brotherhood र अल कायदा लाई सघाएको भन्ने आरोप थियो। जवकि कतारले आतंकवाद विरोधि अ्मेरिकी अभियान निम्ति आफ्नो भुमि Al Udeid मा अ्मेरिकी सैन्य अड्डा (Military Base) राख्न दिएको थियो।
(2) Mario Brero को ALP Services - 2017 को शुरुमै UAE र कतार विच द्वन्द वढ्यो। फ्रेन्च पत्रकार Roland Jacquard ले Mario Brero र UAE सरकार विच सम्पर्क गराई कतार र Muslim Brotherhood विरुद्ध वदनामी अभियान संचालन गरे ।Roland ले Mario Brero लाई UAE का जासुस शेख मतार सग सम्पर्क गराएका थिए।जुन काम वापत Roland Jacquard ले 3 लाख युरो घुस प्राप्त गरेका थिए। शेख मतार ले Mario Brero को सहयोग 4 वर्ष सम्म लिए । 21 August 2017 देखि 30 June 2020 सम्म गरेको काम वापत ALP Services ले UAE सरकार वाट 57 लाख युरो लिएको थियो ।
(3) Abudhabi Secrets - ईसं 2021 मा Alp services कम्पनि लाई Hack गरियो।र ईसं 2023 मार्चमा Abudhabi Secrets नाम वाट त्यो कम्पनि का कर्तुतहरु प्रकाशित भयो। जस अनुसार UAE सरकार को जासुसि संगठन ले युरोपका 18 देश र अन्य देशका 1000 व्यक्तिहरु र 400 संगठन को जासुसि गरि तिन्लाई Muslim Brotherhood को नेटवर्क संग जोडिएको आरोप लगाइएको रहेछ।
(4) ALP Services माथिका आरोपहरु -
(क) 2023 october मा वेल्जियमका जलवायु तथा वातावरण मंत्री Zakia Khattabi ले Alp Services ले झुठा प्रचार र वदनामी अभियान चलाएको भनेर उजुरी फाइल गरे ।
(ख) 2023 July 7 मा वेल्जियम सरकारले व्रसेल्स स्थित UAE को राजदुत लाई वेल्जियमका अधिकारी हरु विरुद्ध वदनामि अभियान चलाएको भनेर अभियोग दर्ज गर्यो ।
(ग) फ्रान्स र स्विटजरल्याण्डका Prosecutor हरुले Mario Brero र ALP Services विरुद्ध 3 वटा कानुनी अनुसन्धान शुरु गरे !
(घ) स्विस संघिय सरकारको Prosecutors Office (MPC) ले Mario Brero ले 6 वटा अपराध गरेको अभियोग लगायो। ALP Services विरुद्ध अ्मेरिकाको वासिङटन मा पनि अभियोग दर्ज भयो।
UAE ( अवुधावी) को पैसा खाएर कतार को वदनाम गर्ने प्रायोजित अभियान चलाउने ALP Services कम्पनि का डकुमेन्टहरु ह्याक गरेर पर्दाफास भए पछि Mario Brero उन्का मतियार Roland Jacquard र अवुधावि को सत्ता अन्तरराष्टृयरुपमै नाङ्गेझार भयो ! कतार जस्ता शक्तिसाली राज्य हरुलाई समेत अफ्ठ्यारोमा पार्न सक्ने यस्ता अन्तर राष्टृय गिरोह हरुको पर्दाफास हुनु नै पर्दछ ! नेपाल जस्ता गरिव देशहरुविरुद्धको प्रायोजित अभियानहरुलाई नङ्ग्याउने कुरा जटिल नै रहेको छ !
(लेखक चौलागाईं, नेकपा एमालेका पोलिटब्युरो सदस्य हुनुहुन्छ ।)