Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डा. सुनिलकुमार शर्माको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

डा. सुनिलकुमार शर्माको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले गौरीघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली कांग्रेसका सांसद समेत रहेका शर्माले उक्त पहल गरेका थिए ।

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार हिलारी इंग्लिस स्कुलद्वारा आयोजित शिविरमा ७६५ जना बिरामीले सेवा लिएका छन् । शिविरमा ८२ जनाको ल्याब परीक्षण, ६८ जनाको ईसीजी, ९७ जनाको युएसजी गरिएको थियो । १८ जनाको दाँत खोलिएको थियो भने ३२ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।