Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

पालिकाहरुको वेबसाइटमा समस्या,खुलाउने प्रयास जारी

पालिकाहरुको वेबसाइटमा समस्या,खुलाउने प्रयास जारी

काठमाडौँ । धेरै पालिकाहरुको वेबसाइटमा समस्या आएको छ । देशका अधिकांश पालिकाहरुमा समस्या देखिएको छ । काठमाण्डौ महानगरपालिकासहित केही पालिकाको वेबसाइट चले पनि अरु धेरै पालिकाको वेबसाइटमा तीन, चार दिनदेखि समस्या देखिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट छिरेर ह्याकरले अरु पालिकाका सूचना प्रणालीमा आक्रमण गरेको जानकारी दिए । वेबसाइटमा समस्या रहेकोबारे ढिलो गरी थाहा भएको र आजसम्म समस्या समाधान हुने गरी काम भइरहेको जानकारी दिए । वेबसाइट नचल्दा पालिकाहरुले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूसमेत असर परेको छ ।