Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सांसद डा. सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरले काठमाडौंको चावहिलमा ३६८ जनाको स्वास्थ्य जाँच गर्यो

सांसद डा. सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरले काठमाडौंको चावहिलमा ३६८ जनाको स्वास्थ्य जाँच गर्यो

काठमाडौँ । कांग्रेसका प्रभावशाली सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविरले काठमाडौंको चावहिलमा ३६८ जनाको स्वास्थ्य जाँच गरेको छ । सेन्ट लोरेन्स स्कुलसँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा १५ जनाको दाँत खोलिएको तथा १२ जनालाई थप उपचारका लागि केएमसी रेफर समेत गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

सांसद सुनिल कुमार शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत देशभर निःशुल्क स्वास्थ्य शिविर चलाई रहनु भएको छ । शिविरमा केएमसीका दक्ष चिकित्सकहरुले नाक कान घाँटी, स्त्री रोग, जनरल मेडिसिन, आँखा रोग, नसा तथा हाडजोर्नी, दन्त रोग सम्बन्धी स्वास्थ्य जाँच गर्ने गरेका छन् । सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट देशभरका लाखौं नागरिक लाभान्वित भइरहेका छन् ।