Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनिल शर्माको केएमसी को स्वास्थ्य टोलीले कालीकोटमा गर्यो निःशुल्क स्वास्थ्य उपचार

सुनिल शर्माको केएमसी को स्वास्थ्य टोलीले कालीकोटमा गर्यो निःशुल्क स्वास्थ्य उपचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड केएमसी को स्वास्थ्य टोलीले कालीकोटमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।

शुभपालिका गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा १४ सय ३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा २१० जनाको भिडियो रेक्सरे गरिएको थियो । साथै जनरल मेडिसिन, स्त्री रोग, हाडजोर्नी तथा नसा रोगका विशेषज्ञहरुले उपचार गरेका थिए ।

डा। शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।