Shares
Shares
सन्तोष श्रेष्ठ
महाशिवरात्री पर्वलाइ भगवान शिवको विशेष महत्वपुर्ण दिनको रुपमा भक्ति, उत्साह र हर्षोल्लाशका साथ मनाइन्छ । वर्षमा बाह्रै ओटा महिनामा शिवरात्री पर्छन तर लुनार क्यालेण्डरानुसार नेपाली फाल्गुन महिनाको पुर्णिमाको चौधौ रातमा चाही महाशिवरात्री पर्व मनाइने गर्दछ । हिउदयामको अन्त्य र वसन्त रितुको सुरु सङ्गै यस पर्व मनाइने गरीन्छ्।
शिवलाइ हिन्दु धर्मका सर्वोच्च देवताको रुपमा लिइन्छ जसलाइ देवहरुका पनि देव महादेव भनेर सम्बोधन गरीन्छ । हिन्दु सनातन धर्ममा व्याख्या गरीएअनुसार निराकार स्वरुप सर्वशक्तिमान भगवान शिवलाइ सम्पुर्ण चराचर जगतको मालीकको रुपमा लिइन्छ । वहाकै प्रतिकको रुपमा शिवलिङ्गको पुजाउपासना गर्ने चलन विधमान छ। शिवलिङ्गको माथिल्लो भागलाइ पुरुष र तल्लो भागलाइ प्रकृतिको रुपमा हेरिन्छ । हिन्दु धर्ममा शिवका विभिन्न साकार रुपहरु पनि रहेका छन । भगवान शिवको भारत वर्षभर स्थापित बाह्र ज्योतिर्लिङ्ग अति प्रसिद्द मानीन्छन ।
पौराणिक कथा अनुसार शिवरात्रीमा भगवान शिवले सृष्टि , पालन र विनाशको प्रतिनिधित्व हुनेगरी विशेष तान्डव नृत्य नाच्छन भन्ने जन विश्वास रहेको छ । त्यसो त भगवान शिवले शिवरात्रीमा मात्र नभै बिभिन्न परिस्थितिहरुमा पनि तान्डव नृत्य नाचेर आफ्नो तनाव र रिसलाइ व्यवस्थापन गर्नको लागी नाच्नुपर्छ भन्ने सन्देश दिएका छ्न ।आफ्नी अर्धाङ्गिनी सतिदेवीको वियोगमा त्यस्तै कालकुट विष पिएपछिको पिडामा र तारकासुरको वध हुदाको वखतमा शिवजीले उन्मत्त भएर विशेष तान्डव नृत्य नाच्नुभएको प्रसङ्गहरु उल्लेख छ्न। कुनै समय ब्रह्माबाट वरदान पाएका तारकासुर राक्षेशले ससारमा आतङ्क मच्च्याइरहेका थिए र उसको अन्त्य भगवान शिवजीको छोराबाट मात्र सम्भव थियो । त्यसको निम्ति शिवजीको विवाह हुनै पर्ने थियो । भगवान शिव ध्यानमा मस्त थिए वहाको ध्यान भङ्ग गर्न र वहामा कामवासना जगाउन देवताहरुले कामदेव पठाए । शिवजीको तस्रो नेत्रबाट आएको वाणले कामदेव भष्म भए । यता पार्वती पनि महादेव शृमान पाउ भनि कठोर तपस्यारत थिइन । अन्ततः पार्वतीको तपस्याबाट प्रसन्न भै भगवान शिव जी र पार्वती बिच इश्वरिय विवाह सम्पन्न हुन्छ सोही शुभ समयलाइ शिवरात्रीको रुपमा लिइन्छ विवाहमा सहभागी हुन सम्पुर्ण चराचर जगतका प्राणीहरु उतर तर्फ प्रस्थान गर्छन त्यस पछि पृथ्विले आफ्नो सन्तुलन गुमाउछ । पृथ्वीलाइ सन्तुलनमा राख्न शिवजीले रिशि अगत्स्यलाइ दक्षिणतर्फ पठाउछ्न्। यस उसले गर्दा महाशिवरात्री पर्वलाइ उल्लाशको पर्वको रुपमा शिवजीको पुजा उपासना गरेर नाचगान गरी मनाइन्छ ।
भारत वर्षभित्र वर्षभरी नै ३६५ दिन नै चाड पर्वहरु मनाइन्थे तीमध्ये केही धार्मीक थिए त केही सामाजिक । अहिले पनि वर्षमा झण्डै सयौ पर्वहरु मनाइने गर्छ तीमध्ये दर्जनौ पर्वहरु विशेष महत्वपुर्ण छन जसलाइ अधिकान्स मानीसहरुले मनाउने गर्दछन । हरेक हिन्दु पर्वहरु हाम्रो पात्रोसङ्ग सम्बन्धित हुन्छन । हाम्रो हिन्दु पात्रोले सौर्य प्रणालीसङ्ग सम्बन्ध राख्दछ । ग्रह हरुको चलायमान अवस्थितिले गर्दा सौर्य प्रणालीमा हुने घटनाक्रम अनुसार पर्वहरु बनेका हुन्छन र पर्वहरुको मिती पात्रोमा निर्धारण गरिन्छ्।
ग्रहहरु चलायमान हुदा त्यसले पृथ्वीको उतरी गोलार्धमा विशेष स्थितिको सिर्जना गर्छ, समुन्द्रको वहावहरु बढ्न सक्छन । हाम्रो शरिरको ६० प्रतिशत भन्दा बढि भागमा पानी हुन्छन र त्यसमा पनि असर पर्न जान्छ । त्यसकारण ग्रहहरुको चलायमान गतिको कुन चरण हाम्रो निम्ति फायदाजनक हुन्छ र हामीमा जागरण ल्याउछ भन्ने कुरा महत्वपुर्ण हुन्छ ।महाशिवरात्रीको रात प्राकृतिक उर्जा तलमाथि ९ खभचतष्अब ि० ठाडोरुपमा सन्चार हुने भएकोले हामी यो रात नसुतेर जाग्राम बस्ने गर्दछौ ।यस उर्जाको सदुपयोग गर्न सके मानीसको विभिन्न गुणहरुमा बढोतरी हुने मान्यता रहेको छ ।त्यसकारण महत्वपुर्ण घडिमा विभिन्न सिर्जनशिल कार्य गर्ने गरीन्छ । बेलुकी ६ बजेदेखी विहान ६ बजेसम्म करोडौ भक्तजनहरु उठेर जाग्राम बसी भगवान् शीवजीको भक्तिगानमा समर्पित भै नृत्य गर्छन । नृत्य गर्दा हाम्रो मस्तिष्कमा एन्डोरफिन्स , डोपामिन्स जस्ता तत्वहरु उत्पादन हुने तथ्यलाइ नकार्न सकिदैन । जसले हामीमा भएको तनावलाइ नियन्त्रण गरी चितमा एकाग्रता ल्याउछ्।
यस दिन सन्सार भरी कै शिवालयहरुमा भगवान् शिवको विधिपुर्वक पुजाआरधाना गरी व्रत बस्ने चलन छ । यस दिन नेपालको आराध्यदेव पशुपतिनाथ मन्दिरमा पनि शिवको विशेष पुजा अनुष्ठान गरीन्छ । यसो गर्नाले सम्पुर्ण चराचर जगतको मुक्ति हुने विश्वास गरिन्छ ।ॐ नम शिवाय
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209