Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनिल शर्माको केएमसी स्वास्थ्य टोलीले सिन्धुपाल्चोकमा गर्यो १२ सय बिरामीको निःशुल्क परीक्षण

सुनिल शर्माको केएमसी स्वास्थ्य टोलीले सिन्धुपाल्चोकमा गर्यो १२ सय बिरामीको निःशुल्क परीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड केएमसीको स्वास्थ्य टोलीले सिन्धुपाल्चोकको इन्द्रवतीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।

इन्द्रावती गाउँपालिका ४ नवलपुरको नवलपुर माध्यमिक विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा १२ सय ३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा १३३ जनाको भिडियो रेक्सरे, १०३ जनाको ईसीजी तथा १०९ जनाको ल्याब परीक्षण गरिएको थियो ।

३५ जनाको ईको गरिएको थियो भने १४ जनाको दाँत निकालिएको थियो । ८८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।

डा। शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।