Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फेरि नाकाबन्दी लगाउँन सक्ने भारतको संकेत

फेरि नाकाबन्दी लगाउँन सक्ने भारतको संकेत

काठमाडौँ । भारतले फेरि नाकाबन्दि लगाउँने संकेत गरेको छ । भारतले गत फागुन २८ गतेदेखि काँकडभिट्टा, धनगढी, भैरहवा, नेपालगन्ज लगायतका नाकाहरुबाट सामान निर्यातमा अवरोध गरिरहेको छ ।

प्लाइउड र सिमेन्ट निर्यात ठप्प पारेको छ भने प्लाइउड बोकेको ३४ वटा ट्रक एकसातादेखि काँकडभिट्टा नाकामा अड्किएका छन् । नेपाल–भारत व्यापारसम्बन्धी ब्युरो अफ इन्डियन स्टयान्डर्ड (बीआईएस) सम्झौता नवीकरण नभएको भन्दै निर्यात रोकेको जनाएको छ ।तर आगामी साउन–भदौसम्मका लागि अनुमति नवीकरण गरेका उद्योगहरुको समेत सामान निर्यात रोकेको छ । अर्थात नवीकरण नभएको निहुँमा भारतले नेपाली उत्पादनमाथि नै रोक लगाउन सुरु गरेको हो । उद्योगीहरू कूटनीतिक लबिङ गर्न सरकारसँग ताकेता गरिरहेका छन् ।