Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसका नेता डा.सुनिल शर्माको नेतृत्वमा मेलम्ची नगरपालिकाका ७७ बिरामीको केएमसीमा निःशुल्क उपचार प्रक्रिया सुरु

कांग्रेसका नेता डा.सुनिल शर्माको नेतृत्वमा मेलम्ची नगरपालिकाका ७७ बिरामीको केएमसीमा निःशुल्क उपचार प्रक्रिया सुरु

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले फाल्गुन २६ गते सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी बिरामीहरूलाई विशेष उपचार सेवा प्रदान गरेको छ। शिविरमा ७७ जना गम्भीर अवस्थाका बिरामीहरूलाई थप शल्यक्रिया र उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको थियो।

उक्त बिरामीको काठमाडौं मेडिकल कलेज (केएमसी)मा अस्पताल छिरे देखि निक्ले सम्म निसुल्क औसधि बाहेक निसुल्क उपचार हुने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले जानकारी दिएका छन। डा. शर्माको नेतृत्वमा काठमाडौं मेडिकल कलेजले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको छ। यस सेवाले स्वास्थ्य सुविधाबाट बञ्चित गरिब तथा दुर्गम भेगका जनतालाई जीवनरक्षक उपचार प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको छ। सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै लाखौं गरिब तथा विपन्न नागरिकहरूलाई सेवा प्रदान गर्दै आउनुभएको छ।

स्वास्थ्य शिविरमा सम्भव नभएका गम्भीर बिरामीहरूको लागि उहाँले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आउनुभएको छ। उनले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि, जुनसुकै पार्टीका भए पनि, निःशुल्क क्याबिनको व्यवस्था गर्नुभएको छ। साथै, काठमाडौं मेडिकल कलेजमा पनि आर्थिक रूपमा कमजोर बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्दै आउनुभएको छ। सांसद शर्मा प्रतिनिधिसभाको एक मात्र तलब भत्ता नलिने सांसद हुन्। उहाँले आफ्नो जीवन समाजसेवा र मानवताका लागि समर्पित गर्दै आउनुभएको छ। उहाँको यो महान कार्यले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई जीवनदान दिएको छ। यस्तो समाजसेवी पहलले लाखौं नेपालीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन ठूलो योगदान दिने विश्वास गरिएको छ।