Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनिल शर्माको केएमसीले गर्यो काठमाडौँको बानेश्वरमा साढे पाँच सय बिरामीको निःशुल्क परीक्षण

सुनिल शर्माको केएमसीले गर्यो काठमाडौँको बानेश्वरमा साढे पाँच सय बिरामीको निःशुल्क परीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको पुरानो बानेश्वरमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।

पुरानो बानेश्वर टोलबासी संस्थाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ५ सय ४६ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । शिविरमा ९८ जनाको भिडियो रेक्सरे, ८७ जनाको ल्याब परीक्षण गरिएको थियो । त्यस्तै ७६ जनाको ईसीजी गरिएको थियो ।

१८ जनाको दाँत निकालिएको थियो भने ३६ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।