काठमाडौंं । कांग्रेसका सांसद डाक्टर सुनिल शर्माको स्वास्थ्य शिविरबाट ४७६ जना लाभान्वित । काठमाडौँ मेडिकल कलेज केएमसी को स्वास्थ्य टोली सम्मिलित निःशुल्क स्वास्थ्य शिविरबाट भक्तपुरको सुडालका स्थानीय लाभान्वित भएका हुन् ।
सुडालको महेन्द्र विद्याश्रम मा।वि।को आयोजनामा विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ४ सय ७६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६४ जनाको भिडियो रेक्सरे, ६८ जनाको ल्याब परीक्षण र ५६ जनाको ईसीजी गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।
शिविरमा २२ जनाको दाँत निकालिएको र २८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर समेत गरिएको छ । रेफर गरिएकाहरुको शल्यक्रिया तथा उपचारमा केएमसीले विभिन्न छुट समेत प्रदान गर्नेछ ।
मोरङ निर्वाचन क्षेत्र नं.३ का सांसद डा.शर्माले जनताको घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले लामो समयदेखि स्वास्थ्य शिविर चलाउँदै आइरहनु भएको छ । उहाँको शिविरबाट खासगरी गरिव, विपन्न, असहाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी लाभान्वित भइरहेका छन् ।
डा। शर्माले केएमसीसँगै विराटनगरको नोबेल शिक्षण अस्पताल मार्फत गाउँदेखि शहरसम्म निःशुल्क स्वास्थ्य शिविर चलाइरहनु भएको छ ।