Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

केएमसी द्वारा गोठाटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,५६८ जनाले लिए सेवा

केएमसी द्वारा गोठाटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,५६८ जनाले लिए सेवा

काठमाडौं । कांग्रेसका सांसद तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा.सुनिल कुमार शर्माको नेतृत्वमा संचालित काठमाडौँ मेडिकल कलेज केएमसी को स्वास्थ्य टोलीले काठमाडौंको गोठाटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

विद्या विकास इङ्गलिश स्कूलको आयोजनामा स्कूलकै प्राङ्गणमा सम्पन्न उक्त शिविरमा करिब ५६८ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार, शिविरमा ८२ जनाको भिडियो एक्स–रे, ७२ जनाको ल्याब परीक्षण, ७६ जनाको ईसीजी परीक्षण तथा २८ जनाको दाँत निकालनुका साथै अन्य विभिन्न परीक्षणहरू गरिएको थियो।

डा.सुनील शर्मास् राजनीतिमा पनि, सेवामा पनि अग्रणी उदाहरण

डा.शर्मा केवल एक कुशल सांसद मात्र होइनन्, उनी स्वास्थ्यसेवाको आधुनिकिकरण र जनमुखीकरणमा अग्रपंक्तिका अभियन्ता हुन्। काठमाडौं मेडिकल कलेज ९केएमसी० र नोबेल अस्पताल जस्ता संस्थाहरूको नेतृत्व सम्हालेपछि उनले स्वास्थ्य सेवामा गुणस्तरीयता, सहजता र सर्वसुलभता ल्याएका छन्।

उनको नेतृत्वमा निरन्तर सञ्चालन हुँदै आएका निःशुल्क स्वास्थ्य शिविरहरूले समाजका कमजोर वर्गका नागरिकहरूलाई प्रत्यक्ष राहत दिइरहेका छन्। पूर्व होस् या पश्चिम, दुर्गम गाउँ होस् वा राजधानीका बस्ती – डा। शर्माको नेतृत्वमा केएमसी र नोबेल अस्पतालको टिम देशभर पुग्ने गरेको छ।

उनी संसदमा स्वास्थ्य नीति र आमनागरिकको उपचार अधिकारको पक्षमा सशक्त रूपमा प्रस्तुत हुने नेता हुन् भने अस्पताल व्यवस्थापनमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने संस्थापक पनि हुन्।

सामाजिक उत्तरदायित्वको उच्च उदाहरण

गोठाटारको शिविर त्यसको प्रत्यक्ष उदाहरण हो, जहाँ विशेषज्ञ चिकित्सकहरूको टोली, अत्याधुनिक उपकरण र निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो। सामुदायिक पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने यो प्रयासले डा। शर्मालाई “चिकित्सा क्षेत्रका समाजसेवी सांसद” का रूपमा स्थापित गरिदिएको छ।

निष्कर्ष

सांसद डा. सुनील कुमार शर्मा नेतृत्वको केएमसी टिमले गोठाटारमा गरेको यो स्वास्थ्य सेवा आगामी दिनमा पनि निरन्तरता पाउने संकेत दिएका छन्। देशका अन्य भागमा समेत यस्ता शिविरहरू संचालन गर्दै जाने योजनामा रहेको बताइएको छ।

राजनीति, चिकित्सा र समाजसेवाको अद्वितीय संयोजन भएका डा। शर्मा अहिलेका केही उदाहरणीय सांसदहरूमध्ये एक बन्न सफल भएका छन्।