Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विद्युत् प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रियामा

विद्युत् प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रियामा

काठमाडौँ । कुलमानले नाफामा पुर्याएको प्राधिकरणामा हितेन्द्रदेव शाक्य आएसँगैनेपाल विद्युत् प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको छ । शुक्रबार प्राधिकरणको श्वेतपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऋण लिन लागिएको जानकारी दिएका हुन् ।

कार्यकारी निर्देशक शाक्यका अनुसार अनुसार चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्म भएको ठेक्का पट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरूको परिमाण ११ अर्ब ६१ करोड रहेको छ । जुन भुक्तानी दिन सकिएको छैन ।

हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकम मध्ये डलर ने.रू. मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको छ । २ अर्ब ४७ करोड कल÷चालू खातामा रहेको छ । यता नेपाल विद्युत् प्राधिकरणले दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध भएको स्वीकार गरेको छ । प्राधिकरणले आफ्नो आर्थिक अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्दै यस्तो जानकारी गराएको हो ।