काठमाडौँ । सम्पदा लघुवित्तका कर्मचारीहरु चरणवद्द रुपमा आन्दोलनमा उत्रिएका छन । उनीहरु मर्जरको विषयलाई लिएर चरणवद्द रुपमा आन्दोलनमा उत्रिएको कर्मचारीहरुले जानकारी दिएका छन । हिजबाट बाट सुरु भएको आन्दोलन आज पनि जारी रहने कर्मचारीले जानकारी दिएका छन । बैशाख २१ गते कर्मचारीहरुले हातमा र निधारमा कालोपट्टी बाँधेर काम गरेका थिए भने बैशाख २२ गते आँखामा कालोपट्टी बाँधेर काम गर्ने कर्मचारीले जानकारी दिएका छन । यस्तै बैशाख २३ र २४ गते कालोपट्टी बाँधेर शान्तिपुर्ण रुपमा विरोध गर्नुका साथै उक्त दिन पेन डाउन गर्ने बताइएको छ ।
यस्ता छन,अन्य दिनका विरोध कार्यक्रमका चरणहरु

साविकको साधना र सबैको लघुवित्त वित्तीय संस्था बिचको मर्जर पछि बनेको सम्पदा लघुवित्तमा कर्मचारीहरु बिचमा विभेदपुर्ण व्यवहार भएको आन्दोलनरत कर्मचारीहरुले जानकारी दिएका छन ।
लघुवित्तका देखिएका समस्या समधानका लागि भन्दै संर्घष समितिले कम्पनी सचिव मार्फत २०८२ बैशाख ७ गते नै २८ बुँदे मागपत्र सञ्चालक समितिलाई दिएको थियो । तर उक्त माग सम्बोधन नभएपछि यसरी आन्दोलनमा उत्रिएको कर्मचारीको भनाई छ । यस्तै कर्मचारीहरुले आफना मागहरु पुरा नगरेको खण्डमा कडा रुपमा आन्दोलनमा उत्रिने बताएका छन ।
आन्दोलनरत कर्मचारीहरु

