काठमाडौँ । लामो रस्साकस्सी पछि अन्नत नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा.विश्वनाथ पौडेल नियुक्त हुने भएका छन । पौडेललाई नियुक्त नगरे सरकार नै ढल्ने स्थिीतिमा पुगे पछि ओली देउवा संग झुकेका हुन् । लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो । ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन ।गभर्नर नियुक्ती गर्न दुई दलबिच सकस परेपछि सोमबारको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो । त्यस लगत्तै ओली र देउवा भेटवार्ता गर्ने भनिए पनि उक्त भेटवार्ता समेत हुन सकेको थिएन । आज भने ओलीले देउवा संग भेट गरेपछि गभएनर नियुक्तिका लागी अगाडी बढेका हुन् । ओली र देउवाले अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रमेश लेखकलाई समेत राखेर छलफल गरेका थिए ।
अर्थमन्त्री पौडेलको नेतृत्वको सिफारिश समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद डा। पोषराज पाण्डे सदस्य छन ।सोमबार नै गभर्नर नियुक्त गर्ने तयारी भए पनि प्रधानमन्त्रीको अस्वस्थताका कारण रोकिएको थियो ।कम्तीमा एक डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिश गर्नुपर्ने कानूनी व्यवस्था छ ।राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा।डा। पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।लामो समयदेखि गभर्नर नियुक्तिको विषय पेचिलो बनिरहेको छ । आजको क्याविनेटबाट राष्ट्र बैंकले नयाँ गभर्नर पाउने चर्चा छ । तर, सिफारिस समितिले भने निर्णय गरिसकेको छैन ।
आज पनि ओली बिरामी भएको भन्दै प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रम नै स्थिगीत भयो । तर, सरकार नै संकटमा परेपछि ओली देउवा संग भेट्न राजी भए । पछिल्लो समय डा। विश्व पौडेलमाथि गभर्नर बन्न कानूनी मात्र होइन, नैतिक उल्झन समेत देखिएको छ । पहिला आफैं गभर्नर सिफारिस समितिको सदस्यमा बसेका व्यक्ति आफैं नियुक्ति खान अगाडि बढेपछि उनको नैतिकतामा पनि प्रश्न उठेको छ । काँग्रेसले बिश्व भन्दा अब्बल अरु नेतृत्व नदेअेको भन्दै आलोचना समेत भई रहेको छ । विश्व पौडेलपछि सिफारिस सूचीको २ र ३ नम्बरमा बैंकका डेपुटीहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको नाम हुने स्रोतको दाबी छ । भोलि बिहान साढे १० बजे नयाँ गभर्नरले प्रधानन्यायाधीशसँग सर्वोच्च अदालतमा पद तथा गोपनीयतको शपथ लिएपछि पदबहाली गर्नेछन । अहिले गर्भनर नियुक्तिको बिषयमा रिट पर्ने सम्भावना बढे पछि हतार हतारमै सफत ग्रहणको तयारी भएको स्रोतले दाबी गरेको छ ।