Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सोबिता गौतमले विश्वसामु बढाइन नेपालको शान,स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिलाको रूपमा संरक्षण गर्न आग्रह

सोबिता गौतमले विश्वसामु बढाइन नेपालको शान,स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिलाको रूपमा संरक्षण गर्न आग्रह

काठमाडौँ । संघीय सांसद तथा आर्ईपीयु स्वास्थ्य समितिकी सदस्य सोबिता गौतमले विश्व स्वास्थ्य संगठन सभाको संसदीय संवाद कार्यक्रममा सहभागीता जनाएकी छिन् । विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुनका लागि उनी सोमबार मात्रै जेनेभा प्रस्थान गरेकी थिईन । उनले कार्यक्रममा बोल्दै स्वास्थ्य लाई शान्ति र न्यायको आधारशिलाको रूपमा संरक्षण गर्न आग्रह गरेकी छिन् । “ दृढताका साथ कानून बनाऔं, निर्भयतापूर्वक आवश्यक लगानी गरौं र स्वास्थ्यलाई शान्ति र न्यायको आधारशिलाको रूपमा संरक्षण गरौं।” विश्वभरका सांसदहरूलाई स्पष्ट रुपमा सोविताले आह्वान गरेकी छिन् । उनी भन्छिन्, सांसदहरू अब परिवेक्षक झै मात्र होइन, हामी उत्तरदायित्वको रक्षा गर्ने, समताका पक्षधर, र दूरगामी विकासका नेतृत्वकर्ता हौं।

विश्व स्वास्थ्य संगठन डब्लुएचओ र अन्तरसंसदीय संघ आर्ईपीयु को सहकार्यमा आयोजित उक्त संवादलाई सोविताले ऐतिहासिक पहलको रूपमा स्वागत गरेकी छिन् । यो क्षण नेपालीा लागी गौरब गर्न योग्य क्षण पनि हो । उनले आर्ईपीयुले आफ्नो स्वास्थ्य सल्लाहकार समूहलाई पूर्ण समिति बनाएको र आफू नेपालको प्रतिनिधिकारूपमा त्यस समितिको सदस्य हुन पाएकोमा गौरवान्भित भएको बताएकी छिन् । गौतमले हालै पारित भएको डब्लुएचओ महामारी सम्झौताका सन्दर्भमा सांसदहरूको निर्णायक भूमिका रहेको स्पष्ट पारिन्। “यो सम्झौताले ठुलो काम सकिएको संकेत हैन, सुरुवात गरेको छ । अब आउने चरणहरूमा महामारीको सम्भावना भएका जैविक सामग्री र सम्बन्धित जानकारीको द्रुत, व्यवस्थित र समयमै आदानप्रदान र महामारीजन्य उत्पादन र सम्बन्धित लाभहरूको समयमै तथा न्यायोचित पहुँच सुनिश्चित गर्न पहुच र लाभ साझेदारी प्रणालीमा संवाद९वार्ता गर्नुपर्नेछ, विश्वव्यापी वित्तीय संयन्त्रमा बहस गर्नुपर्नेछ । सबैभन्दा महत्त्वपूर्ण सबै राष्ट्रको संसदबाट यो अनुमोदन हुनु आवश्यक छ,” उनले भनिन ।

उनले हाल केही दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने संकेत दिएकोप्रति चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन, “नेपालजस्ता निम्न आय भएका देशहरूमा यसको गम्भीर असर पर्छ। भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन। जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन ।”

राष्ट्रिय सन्दर्भमा उनले उल्लेख गरिन कि नेपालको कुल बजेटमा स्वास्थ्यको हिस्सा अझै पनि ५ प्रतिशतभन्दा कम छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार निकै कम हो। त्यसैले स्वास्थ्य बजेट छुट्याउँदा सरकारले दीर्घकालीन सोच राख्नुपर्ने उनको धारणा थियो ।

गौतमले गहकिलो सन्देश दिदै भनिन् “हाम्रो विरासत के होरु हाम्रो कर्म नै हाम्रो विरासत हो । इतिहासले हामीले के बहस गरेका थियौँ होइन, के काम गर्यौँ भनेर सम्झन्छ। त्यसैले अब समय आएको छ — काम गरौं, अगाडि बढौं।” उक्त संवाद कार्यक्रमले संसदलाई विश्व स्वास्थ्य संरचनाको मेरुदण्डको रूपमा स्थान दिएको उनको भनाई छ । विश्व स्वास्थ्य सभाका प्राथमिकताहरूलाई अगाडि बढाउन सांसदहरूको निर्णायक भूमिका, जसमा महामारी सम्झौता र वैश्विक स्वास्थ्यको लागि दिगो वित्तीय संरचना समावेश छन् । कार्यक्रममा अन्तर संसदीय संघका महासचिव, मार्टिन चुंगोङ, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयसस, समन्वित स्रोत परिचालन का निर्देशक डानिएल थोर्नटन, अन्तरसरकारी वार्ता निकाय र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमसम्बन्धी डब्लुएचओ सचिवालयका प्रमुख डा। जौआद माजहुर, स्विट्जरल्यान्डका सांसद तथा आईपूयु स्वास्थ्य समितिका सदस्य क्रिस्टियन लोर, नेपालकी सांसद तथा आईपूयु स्वास्थ्य समितिकी सदस्य सोबिता गौतम, र डब्लुएचओ यूथ काउन्सिलका सदस्य कात्या चिच मुख्य बक्ता रहेका थिए ।