Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षर संकलन,सीमा नाकामा पनि हस्ताक्षर अभियान सुरु

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षर संकलन,सीमा नाकामा पनि हस्ताक्षर अभियान सुरु

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षर गरेका छन ।  लामिछानेमाथि राज्यले गरेको  प्रतिशोध विरुद्ध रास्वपाले चलाएको हस्ताक्षर अभियानमा अहिलेसम्म ३४ लाखले हस्ताक्षर गरेका हुन ।  

आफना पार्टी सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर संकलन अभियान जारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन । झा ले दिएको जानकारी अनुसार आजसम्म ३४ लाखले हस्ताक्षर गर्दा ६५ लाख सहयोग संकलन भएको छ ।


रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि अभियानको सुरु गरेको थियो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सीमा नाकामा पनि हस्ताक्षर अभियान सुरु गरेको छ । रास्वपाले सुदूरपश्चिमका प्रमुख सीमा नाका त्रिनगर र गड्डाचौकीमा हस्ताक्षर संकलन सुरु गरेको छ । 

r32025-08-20-06-51-51.jpeg
सीमा नाकामा हस्ताक्षर अभियान