Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

लिपुलेककै कारण ७२ सालमा सुशील कोइरालाको रोकिएको थियो भारत भ्रमण,ओलीको के होला ?

लिपुलेककै कारण ७२ सालमा सुशील कोइरालाको रोकिएको थियो भारत भ्रमण,ओलीको के होला ?

काठमाडौँ । प्रधानमन्त्री के पी ओलीको भारत भ्रमण रोकिने सक्ने सम्भावना बढेको छ । २०७२ जेठ अन्तिममा हुन लागेको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमण सी चिनफिङ र नरेन्द्र मोदीबीच भएको ‘लिपुलेक सम्झौता’कै कारण रोकिएको थियो ।  

कोइरालाले मोदीलाई फोन गर्दै लिपुलेकको कुरा कसरी आयो ? यो हाम्रो भू–भागबारे कसरी चीनसँग सहमति गर्नुभयो? भन्दै प्रश्न गरेपछि भ्रमण रोकिएको थियो ।

अब ओलीको भारत भ्रमण के होला भन्ने चर्चा सुरु भएको छ । चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भदौ २ गते लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमती भएको छ। उक्त सहमति पछि नेपालमा चर्को विरोध भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन र भारत भ्रमणमा जान लागेका बेला ती दुवै देशले नेपाललाई ‘बाइपास’ गरेर लिपुलेक नाका प्रयोगबारे सहमति गरेका छन् ।