Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

जनताको मन जितेका जनप्रतिनिधि बिबेक देशभरकै राम्रो काम गर्नेमा पहिलो ,प्रचण्डले दिए बधाई

जनताको मन जितेका जनप्रतिनिधि बिबेक देशभरकै राम्रो काम गर्नेमा पहिलो ,प्रचण्डले दिए बधाई

धादिङ । देशभरका ७ सय ५३ स्थानीय तहबीच भएको ताजा कार्यसम्पादन मूल्यांकनमा धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका पहिलो स्थानमा उत्रिएसँगै अध्यक्ष बिबेक थपलिया राष्ट्रव्यापी रूपमा चर्चामा आएका छन्। माओवादी केन्द्रबाट निर्वाचित थपलियाले नेतृत्व गरेको गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन र सामाजिक उत्तरदायित्वमा उत्कृष्ट नतिजा देखाउँदै अन्य सबै स्थानीय तहलाई पछि पार्न सफल भएको हो।

यस उपलब्धिलाई ऐतिहासिक मानेर माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले अध्यक्ष थपलियालाई विशेष बधाई ज्ञापन गरेका छन्। प्रचण्डले थपलियालाई उदाहरणीय नेतृत्वको नमुना प्रस्तुत गरेको भन्दै अन्य स्थानीय तहलाई समेत प्रेरणा लिने खालको कार्यसम्पादन गरेको प्रतिक्रिया दिएका छन्।

गाउँपालिकाले छोटो अवधिमै ग्रामीण पूर्वाधार सुधार, स्थानीय उत्पादनको बजार प्रवर्द्धन, विद्यालय सुधार अभियान, स्वास्थ्य सेवा विस्तार, सामाजिक सुरक्षा भुक्तानीमा पारदर्शिता तथा जनतासँग प्रत्यक्ष सम्पर्कमार्फत निर्णय गर्ने अभ्यासलाई प्राथमिकतामा राख्दै उल्लेख्य प्रगति गरेको बताइन्छ।

थपोलियाको नेतृत्वमा बेनीघाट रोराङले हासिल गरेको यो सफलता केवल धादिङकै लागि नभई सम्पूर्ण देशकै लागि अभूतपूर्व उपलब्धि भएको विश्लेषकहरूको भनाइ छ। उनले प्रस्तुत गरेको योजनाबद्ध नेतृत्व र परिणाममुखी कार्यशैलीलाई आगामी दिनमा अन्य पालिकाहरूले पनि अनुकरण गर्ने अपेक्षा गरिएको छ।