Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रवि लामिछानेको आवाज सुनाउन रास्वपाका नेताहरु देश यात्रामा ,ओलीले राष्ट्रवादको नाटक गरेको रमेश प्रसाइको आरोप

रवि लामिछानेको आवाज सुनाउन रास्वपाका नेताहरु देश यात्रामा ,ओलीले राष्ट्रवादको नाटक गरेको रमेश प्रसाइको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पछिल्लो तिन दिनमा सुदूरपश्चिमका बिभिन्न ठाउहरुमा पुगेर जनतालाई भेटेका छ । यो तिनदिनमा रबि लामिछानेमाथि राज्यले प्रतिशोध सोधेको भन्दै उनको पक्षमा हस्ताक्षर गर्ने र बिभिन्न पार्टी परित्याग गरि रास्वपामा भित्रिने क्रम पनि निकै बढ्यो ।

रास्वपाका दिपक बोहोराका अनुसार बढ्दो जनविश्वास आफैमा चुनौति हो। तर, चुनौतिले संभावना अपार औल्याएको छ। जरुर ०८४ ले संभावनालाई सत्यमा स्थापित गर्ने छ। यहिबिचमा रास्वपाका नेता रमेश प्रसाईले सुदुरपश्चिमका बिभिन्न ठाउहरुमा पुगेर त्यहाका जनताहरु सामु पार्टीको पछिल्लो गतिबधि सुनाए ।

उनले रबि लामिछानेमाथि राज्यले गरेको अन्याय र सरकारले पार्टीमाथि गरेको प्रहारको बिषयमा पनि आफना बिचारहरु चर्को स्वरमा राखे । उनले भने नेताहरुले जनतासामु गरेको झुटा बाचा गरि सरकार चलाउन पुगेका नेताहरुले ति बाचाहरुलाई चिकेन चिल्ली जसरी चपाएर खाएको पनि आरोप लगाए ।

अब ८४ मा सचेत भएर लाग्न उनले सुझाब समेत दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता समेत रहेको नेता रमेश प्रसाईले ओलीले चुच्चे नक्सा ल्याएर राष्ट्रवादको नाटक गरेको आरोप पनि लगाएका छन् ।यस पटकको भारत भ्रमणका बेला पनि प्रधानमन्त्री ओलीले यस बिषयमा गम्भिर कुरा गर्ने सम्भावना नभएको प्रसाईले वताए । बरु भारतले कुत्ता उपहार पठाएको हल्ला चलिरहेको छ हाम्रा प्रधानमन्त्रीलाई भन्दै उनले व्यङ्ग्य गरे ।

रवि लामिछाने साधारण पत्रकार हुँदा पनि लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा तथ्य प्रमाण सहित टेलिभिजनबाट कुरा उठाएको उनको दावी छ । यता अहिले पनि रास्वपाको विभिन्न स्थानमा हस्ताक्षर अभियान जारी रहेको छ । हस्ताक्षर अभियान अनुगमनका लागि रास्वपा सचिवालय सदस्य एव हस्ताक्षर अभियान संयोजक दिपक बोहरा, केन्द्रीय सदस्य एव सहप्रवक्ता रमेश प्रसाई लगाएतका नेताहरु बिभिन्न जिल्लामा पुगिरहेका छन ।

सरकारका गलत कामको बिरोध गर्ने विपक्षी दलका नेता कार्यकर्ताहरुलाई छानिछानी मुद्दा चलाउने तर जनताको आधारभूत समस्या समाधान, भ्रष्टाचार रोकथाममा सरकारले चासो नै नदेखाएको उनीहरुको भनाई छ ।राजनीतिक प्रतिशोध बिरुद्धमा आम नागरिकले अब रास्वपालाई साथ सर्मथन दिनुपर्ने आब्हान गरेका छन ।

यसैबिच सहकारी ठगी अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा ३४ लाख बढिले हस्ताक्षर गरेका छन्। उक्त पार्टीका प्रवक्ता मनीष झाका अनुसार हस्ताक्षर संकलन जारी रहेको र अहिलेसम्म ३४ लाख जनाले हस्ताक्षर गरेका हुन्। रास्वपाले यो यात्रालाई देश यात्रा नाम दिएको छ। यात्राको नेतृत्व रास्वपाका सचिवालय सदस्य दीपक बोहोराले गरेको गरेका छन।