Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रास्वपालाई रुपन्देही ३मा अग्निपरिक्षा, घरघर जान थाले नेताहरु, काँग्रसको डोरी बालकृष्ण खाँडको हातमा

रास्वपालाई रुपन्देही ३मा अग्निपरिक्षा, घरघर जान थाले नेताहरु, काँग्रसको डोरी बालकृष्ण खाँडको हातमा

प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा २०८२ कार्तिक १७ गते उपनिर्वाचन हुने भएपछि दलहरू आवश्यक तयारीमा जुट्न थालेका छन् । यो उपनिर्वाचनलाई पुराना र नयाँ दुवैथरि दलले आफ्नो शक्ति परीक्षणको अवसरका रूपमा लिएका छन् ।

अहिले उप निर्वाचनलाइृ सबे दलले अग्नि परिक्षका रुपमा लिएका  छन् । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । कतिपयले यसलाई ‘मिनी जनमतसंग्रह’ नै घोषणा गरेका छन् । कांग्रेस, एमाले, रास्वपा, मधेसी मोर्चाको साथमा नाउपाका रेशम चौधरी पक्ष र बालेन टीमका उम्मेदवार नै अहिलेसम्मको मैदानमा बढी चर्चामा देखिएका छन् ।

त्यसो त संसदको चौथो ठुलो दल रासस्वपाले झन बृहत तयारी गरिरहेको छ । अहिले रास्वपा घर दैलो अभियानमा जुटी सकेको छ । उमेरदवार तय नभए पनि रास्वपाले उमेरदवारका आकाक्षीलाई घरघरमा पठाएको हो । अहिले रास्वपाले जसरी भए पनि निर्वाचन जित्ने रणनिती बनाएको छ ।

यता सत्तारुढ नेपाली कांग्रेसमा अघिल्लो पटक पराजित भएका खाँण आफै वा उनको सिफारिसमा मात्रै यहाँको टिकट टुंगो लाग्ने स्रोतको दाबी । तर उनीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा चलेको मुद्दा किनारा नलागेकाले यसको निर्णयमा ढिलाइ भएको छ । दुई दिनअघि मात्रै उनले यो क्षेत्रमा रहेका ३६ वटा वडाका नेताहरू, यो क्षेत्रमा रहेका मुख्य नेताहरूसँग बसेर अहिलेको अवस्थाको विवरण लिएर फर्केका छन् । विशेष गरि विश्वप्रकाश शर्माले पनि काँग्रेसबाट रुपन्देहीको अवस्थालाइृ ममन गरिरहेका छन ्।

सकभर खाँडलाई नै उमेरदवार बनाउँने तयारी गरिएको छ । उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट ६ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा रुपन्देही जिल्ला कार्यसम्पादन समितिको बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।  

नेकपा एमालेबाट रुपन्देही–३ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । यद्यपि पार्टीले उम्मेदवारबारे औपचारिक निर्णय गर्न बाँकी रहेकाले एमालेका अन्य नेता पनि उम्मेदवार बन्न आ–आफ्नो ढङ्गबाट लागिरहेका छन् । यता काठमाडौँ महानगरपालीकााका मेयर बालेन शाहले पनि आफ्ना कानुनी सल्लाहकार उठाउन लागेको चर्चा छ ।