Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

न्याय भएकोमा जस लिंदै गरेकाहरुले अन्याय भएकालार्ई न्याय पनि देलान कि ?

न्याय भएकोमा जस लिंदै गरेकाहरुले अन्याय भएकालार्ई न्याय पनि देलान कि ?

नेपाल प्रहरी संगठनमा फेरी एक पटक स्वाभाविक र न्यायोचित ढंगले योग्यता क्षमतामा अव्बलताले आर्जित वरिष्ठता अनुसार आइजीपी छनोट भएको छ । त्यो न्यायोचित निर्णय गर्ने निर्णयकर्ताहरुले पाउनु पर्ने जस अनि निर्णय बाट लाभान्वितले पाइरहेको स्वाभाविक बधाईको विचमा म चाहिं नेपाल प्रहरीको इतिहासमा योग्यता, क्षमता, लोकप्रियता, स्वीकार्यता सबै हुँदा हुँदै तत्कालिन राज्य संचालकहरु बाट अन्यायपूर्वक प्रताडित बनाइएकोले नेतृत्व गर्न पाउने स्वाभाविक अधिकार बाट बन्चित बनाइएका सेवानिवृत एआइजीपी विश्वराज पोखरेललाइ सम्झी रहेको छु । 


आफुले नेपाल प्रहरी संगठनमा गरको योगदान अनि त्यसैको कदर स्वरूप अग्रता सुरक्षित गर्दै आएका विश्वराज पोखरेलले आफुले न्याय पाउने अटल विश्वास राख्दै अनावश्यक र अनुचित दौडधुप नगर्ने वाहेक अरु केहि त्रुटी गरेका पनि थिएनन् नि भन्ने सोचेर मन झनै अमिलो भएर आयो । 


अनि फेरी मन मनै एउटा सकारात्मक आशा पनि पलायो त्यो के भने कहीं कतै उनलाई अन्याय गर्नेहरुले नै उनि माथि वास्तवमै अन्याय भएको महशुस गर्दै उनि माथि भएको अन्याय बाट सृजित घाउ मेटाउन नै नसकिए पनि पिडा कम गराउने अनि हामी जस्ता आम मानिसहरुलाइ पनि राज्य संचालन गर्ने तहमा पुगेकाहरुले पनि भए गरेका गल्तिहरुलाइ स्वीकार्दै त्यसको पश्चाताप स्वरुप अन्याय गरिएकालाइ सम्भव भएसम्म न्याय पनि दिन्छन भन्ने विश्वास दिलाउने ढंगले काम हुन्छ । 


खैर अन्याय बाट प्रताडित विश्वराज पोखरेल आफैं के सोच्दै हुनुहोला वा वहाँलाइ अन्याय गर्ने शक्तिशालिहरु आफ्नो अन्यायपूर्ण कदम बाट कोहि कसैले पाएको प्रताडनाको हिसाव किताव कसरि मिलान गर्ने बारेमा सोच्दै हुनुहुन्छ त्यो पनि थाहा छैन तर पनि मनमा यति चाहिं जरुर आउँछ कि योग्यता , क्षमताको अलावा इमान्दारिता अनि अनुभव भएका विश्वराज पोखरेलले आफ्नो योग्यता र अनुभव देश र जनताको हितमा कहीं न कहिँ, कुनै न कुनै रुपमा प्रयोग गर्ने अवस्था बनोस । जे होस यो पनि जरुर लेखौं कि देश र जनताको अपेक्षा अनुसार काम गर्ने विश्वराज पोखरेल जस्ता पात्रहरु केहि समय सतहमा देखिएनन् भन्दैमा देश र जनताले उनीहरुलाइ भुल्ने भन्ने हुनै सक्दैन त्यसैले विश्वराज पोखरेललाइ सम्मान सहित सम्झना गर्दै सलाम लेख्न चाहन्छु ।