Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

नेपाली बजारमा सुनको भाउ ऐतिहासिक उचाइमा

नेपाली बजारमा सुनको भाउ ऐतिहासिक उचाइमा

नेपालमा सुनको मूल्य लगातार बढ्दै ऐतिहासिक रेकर्ड कायम गर्दैछ। आइतबार मात्रै सुनको मूल्य एकैदिनमा प्रतितोला ३ हजार रुपैयाँले वृद्धि भई २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो, जसलाई नेपाल सुनचाँदी व्यवसायी महासंघ (FENEGOSIDA) ले सार्वजनिक गरेको हो ।

यसअघि शुक्रबारको कारोबारमा नै सुनको मूल्य इतिहासमै पहिलोपटक २ लाख रुपैयाँ नाघेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि केही हप्तादेखि वृद्धि भइरहेको भए पनि सुनको लगातार बढ्दो भाउले बजारमा मुख्य ध्यान तानेको छ।व्यापारीहरूले हालको अन्तर्राष्ट्रिय बजार परिस्थिति निरन्तर रहिरहेमा नेपाली बजारमा सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरेका छन्।