काठमाडौं । कुलेश्वरस्थित पुल नजिक लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अपरेसनका क्रममा दुई राउण्ड गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्।
ब्यूरोका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार पक्राउ परेकाबाट ठूलो मात्रामा औषधीजन्य लागुऔषध बरामद भएको छ। गोली लागेर भारतीय नागरिक घाइते भएका छन्, उनको देब्रे खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।
प्रहरीले पाँच राउन्ड हवाई फायर र दुई राउन्ड गोली हानेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको ब्यूरोले जनाएको छ।