Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

ट्रामाडोल तस्करीविरुद्ध एपीएफको कारबाही, ठूलो परिमाणमा लागूऔषधसहित दुई जना पक्राउ

ट्रामाडोल तस्करीविरुद्ध एपीएफको कारबाही, ठूलो परिमाणमा लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । लागूऔषध तस्करी नियन्त्रण अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले काठमाडौंमा ठूलो सफलता हात पारेको छ।

डीआईजी दिपेन्द्र शाहले कार्यभार सम्हालेको केही दिनमै एपीएफ इन्टेलिजेन्स ब्युरोको यो ठुलो सफलताहो।

विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणको ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले २०८३ साउन ३ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगाअड्डाबाट लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–९ पाँगाबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुर गाईघाटकी २४ वर्षीया सुमित्रा राई रहेका छन्। उनीहरूको बयानका आधारमा चन्द्रागिरि–१४ नयाँ नैकापस्थित पानी ट्यांकी क्षेत्रमा रहेको कोठा खानतलासी गर्दा थप लागूऔषध बरामद गरिएको थियो।

प्रहरीका अनुसार बरामद सामग्रीमा १८ हजार ७७० क्याप्सुल ट्रामाडोल, १ हजार १८८ पिस डाइजापाम र फेरेनागन, नगद ७३ हजार ५१५ रुपैयाँ, स्कुटर, तीन थान मोबाइल तथा १५० ग्राम पोलिन रहेको छ।

बरामद लागूऔषध र सामग्रीसहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। पछिल्लो कारबाहीले ट्रामाडोलको अवैध ओसारपसार गर्ने समूहको सञ्जालमा प्रहार भएको सुरक्षा निकायको दाबी छ।