Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

ओलीको आरोप: देशमा दिशाहीन राजनीति र भ्रम फैलाउने प्रवृत्ति बढ्यो

ओलीको आरोप: देशमा दिशाहीन राजनीति र भ्रम फैलाउने प्रवृत्ति बढ्यो

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय नेपालको राजनीति स्पष्ट दिशा, नीति र प्रणालीविहीन बन्दै गएको बताएका छन्। आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संवैधानिक र संसदीय प्रक्रिया भए पनि त्यसलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको आरोप लगाए।

ओलीले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै हिंसा, तोडफोड र असंवैधानिक गतिविधिबाट सत्ता परिवर्तन खोज्नु गलत भएको बताए। उनले लोकप्रियताको नाममा गरिने ‘पपुलिज्म’ ले राजनीति र समाजमा विकृति बढाइरहेको टिप्पणी गरे।

उनले सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै जिम्मेवारी र जवाफदेहिताविनाका गतिविधिले गलत सूचना फैलाउने तथा समाजमा भ्रम सिर्जना गर्ने काम भइरहेको बताए। स्वस्थ बहसका लागि सामाजिक सञ्जाल उपयोगी भए पनि निराधार सामग्री प्रसार गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो।