काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी चौंरिदेउराली गाउँपालिका,काभ्रेका वडा नं २, ३, र ६ मा प्रथम ऐतिहासिक वडा अधिवेशन भाद्र १३ र १४ गते सम्पन्न भएको छ । वडा अधिवेशनमार्फत प्रत्येक वडामा नयाँ नेतृत्व चयन गरिएको छ । वडागत अधिवेशनबाट वडा नं ३ मा प्रेमप्रसाद चौलागाईं को संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिमाः उपसभापतिः जीवन कुमार गौतम सचिवः कुमार गौतम सदस्यहरूःकैलाश ढुंगेल,लक्ष्मी दाहाल गौतम,सरस्वती गौतम चौलागाईं,अनु सुनार,छ्योइदोर्जे तामाङ,दिपक बहादुर श्रेष्ठ,जगत बहादुर श्रेष्ठ,राजन प्रसाद चौलागाईं रहेका छन् ।
नव निर्वाचित सम्पूर्ण टिमलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । अधिवेशनकै अवसरमा वडा नं ३ मा र्यापिड टिम गठन गरिएको छ । जसमा संयोजक कमलप्रसाद काफ्ले रहेका छन्। सदस्यहरूमाःविशाल गौतम,अमिर चौलागाईं,कुमारबहादुर श्रेष्ठ,रोशन गौतम,निकेश गौतम,पवन ढुंगेल,प्रल्हाद चौलागाईं रहेका छन्। र्यापिड टिमले कम्तीमा ५० भन्दा बढी सदस्यता विस्तार गर्ने लक्ष्य राखेको छ ।
undefined
यसैगरी, पार्टी संगठन विभाग अन्तर्गतःविभाग प्रमुखः बुद्धि प्रसाद ढुंगेल,सदस्यहरूः,इन्द्र प्रसाद चौलागाईं,रमेश प्रसाद गौतम,देवप्रसाद देवकोटा शम्भु,गोपालप्रसाद चौलागाईं रहनु भएको छ। त्यसैगरी, वडा नं २ मा अच्युत न्यौपाने, र वडा नं ६ मा सुरेश बास्कोटा को नेतृत्वमा समितिहरू गठन भएका छन्। ऐतिहासिक अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउनु भएका सम्पूर्ण अभिभावक,दाजुभाइ,दिदीबहिनीहरू तथा सहभागिहरूलाई आयोजक टिमले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । साथै, आगामी दिनमा पनि पार्टी संगठनलाई मजबुत बनाउने हेतुले सबैको सल्लाह–सुझावलाई ग्रहण गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाइएको छ ।