काठमाडौँ । रास्वपा बाट रुपन्देहीमा उम्मेद्धार बनेका लेखजंग थापालाई गुल्मीका माओवादी नेताले शुभकामना दिएपछि एमाले नेता सुर्य थापा ती माओवादी नेतामाथि खनिएका छन । शुभकामना दिएकै कुरालाई लिएर गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल माथि विभिन्न आरोप लगाएका छन । लेखजंगलाई शुभकामना दिएकै भरमा थापाले रास्वपामा गएको हो भनेपछि सामाजिक सञ्जालमा २ नेता बिचमा आरोप प्रत्यारोप चलेको छ ।
माओवादी नेता पोखरेलले लेखजंगलाई शुभकामना दिदैँ लेखेका छन,पुराना दल लाई एक पटक सडकमा पुर्याउनै पर्छ । उमेदवार छनौट प्रक्रिया लोकतान्त्रिक छ । अरु पार्टिले सिक्नु पर्छ खल्ती बाट गुटको उमेदवार छनौट गर्नेहरु । डा साप लाई अग्रिम शुभकामना । अनि मात्रै सुधार को सुरुवात हुनेछ । यसको अर्थ रास्वपा पार्टीको बिचार मन परेर होइन मात्रै प्रवृत्ति गत कुरा उठान गरेको हु । भन्दै लेखेका छन,पोखरेलले यस्तो लेखेपछि सुर्य थापाले भुपालको स्टाटसले ४ छक परेको बताउँदै बाहिर माओवादी देखिएपनि भित्र रास्वपा बनिसक्नु भएको हो भन्दै प्रश्न गरेका छन । थापाले लेखेका छन,भुपाल जी म त चार छक परे,अरुले पनि हेरिरहेका छन,तपाईलाई पुरानै पार्टीमा रहेर २,२ पटक अध्यक्ष भएर पद सकिने उत्तरार्धमा यति हदसम्म अवसरवादी नहुने की ? पढ्नुहोस सहकारी ठगको महाभारत सडकमा पुर्याउनु अघि पहिले आफै सडकमा आउने हो की ? की बाहिर बाहिर माओवादी र भित्रभित्रै रास्वपा बनिसक्नु भयो र ? भन्दैै लेखेका छन । यस्तै पोखरेलले पनि थापालाई जवाफ दिएका छन,उनले लेखेका छन,
सुर्य दाजु मलाइ रास्वपा भन्न भ्याउनु भएछ तपाईं झै प्रधानमन्त्री र पार्टी अध्यक्ष को हनुमान हुन सक्दिन पुरान पार्टी सच्चिन बैकल्पिक शक्ति बलियो हुनै पर्छ मेरो बुझाइ पुराना पार्टी का नेताले आन्दोलन गर्न सके सरकार संचालन गरेर सुसासन दिन सकेनन म माओवादी बिचार र आन्दोलन बाट बाहिर हुनै सक्दिन तर तपाईं झै पार्टी नेताको हनुमान र अन्धभक्त हुन सक्दिन दाजु जुन अबसरबादी को आरोप लगाउनु भएको छ तपाईंको पार्टी मनमोहन को ९ महिना बाहेक दर्जनौ पटक संयुक्त सरकार मा सहभागी हुनुहुन्छ अरु मैले भन्नै पर्दैन जनताले बुझेकै छन । ओलि ले राम्रो गर्दा राम्रो र प्रचन्ड ले नराम्रो गर्दा नराम्रो भन्न मैले सक्छु त्यो हिम्मत तपाई सङ्ग भए व्यबहार बाट देखाउनु दाजु । भन्दै जवाफ फर्काएका छन ।