Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रवि लामिछानेको पक्षमा गुल्मीमा १० हजार हस्ताक्षर संकलन,संगठन विस्तार तीव्र

रवि लामिछानेको पक्षमा गुल्मीमा १० हजार हस्ताक्षर संकलन,संगठन विस्तार तीव्र

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरु गरेको हस्ताक्षर संकलन अभियान गुल्मी जिल्लामा उल्लेखनीय रूपमा सफल भएको छ । नेपाल सरकारका पुर्व गृहमन्त्री तथा  रास्वपा पार्टीका सभापति रवि लामिछानेको पक्षमा जिल्लाका विभिन्न स्थानहरूमा आयोजित कार्यक्रममा करिब १०,५०० बढीले हस्ताक्षर गरेका छन ।

सरकारले रवि लामिछाने माथि प्रतिशोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा अहिले पनि जारी रहेको छ ।   छोटोे समयमा नै लोकप्रिय मत पाएर चौथो ठुलो दल बनेको रास्वपाले जनताको साथ पाइरहेको छ । सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर अभियानले गुल्मीका स्थानीयहरूबाट व्यापक साथ पाएको हो । रास्वपा गुल्मीका सभापति भोज पाण्डेका अनुसार,“हामीले अपेक्षा गरेभन्दा बढी जनसमर्थन पाएका छौं। यो अभियान कुनै एक व्यक्ति मात्रको लागि होइन, न्याय र जनताको मतको सम्मानको पक्षमा हो।”


पार्टीका कार्यकर्ताहरूले जिल्लाका विभिन्न बजार र गाउँमा हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । युवादेखि वृद्धवृद्धासम्मको उल्लेखनीय सहभागिता देखिएको रास्वपाले जनाएको छ । पछिल्लो  रवि लामिछानेविरुद्ध आएका कानुनी तथा राजनीतिक विवादका सन्दर्भमा पार्टीले जनतासँग प्रत्यक्ष संवाद गर्ने रणनीति अवलम्बन गर्दै आएको छ ।

यस अभियानमार्फत रास्वपाले पुनः एकपटक देखाएको जनसंपर्क क्षमताले आगामी चुनावहरूमा पनि पार्टीको प्रभाव बढ्न सक्ने आँकलन गरिएको छ। रास्वपाले अन्य जिल्लाहरूमा पनि यस्तै हस्ताक्षर संकलन कार्यक्रम विस्तार गरेको छ ।