Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि रास्वपाले गर्यो विरोध,सरकार तानशाही बनेको आरोप

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि रास्वपाले गर्यो विरोध,सरकार तानशाही बनेको आरोप

काठमाडौँ । रास्वपाले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । ओली सरकारले  सामाजिक सञ्जाल बन्द गरेको भन्दै रास्वपाले आपत्ति समेत जनाएको हो । रास्वपाले सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन भएको र लोकतान्त्रिक मूल्यसंवैधानिक व्यवस्था विपरीत कदम रहेको पनि भनेको छ ।

सरकारले नेपालमा दर्ता हुन नमानेका फेसबुक, एक्सलगायत २६ सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गराएको छ । यसप्रति आपत्ति जनाउँदै रास्वपाले शुक्रबार विज्ञप्ति जारी गरेको हो।  

रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका प्रमुख सुमना श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो। लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शिता र कानुनी प्रक्रिया हो; सम्पूर्ण सञ्चार माध्यम नै बन्द गर्नु होइन।सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस्।’ भनेर बताइएको छ ।

541216268_1390664612577731_8773290335308524604_n.jpg
undefined