Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

GenZ को प्रदर्शनलाई लक्षित गर्दै हजारौँ प्रहरी तैनाथ,काठमाडौँ जिल्लाभर करिब २५ सय प्रहरी परिचालन

GenZ को प्रदर्शनलाई लक्षित गर्दै हजारौँ प्रहरी तैनाथ,काठमाडौँ जिल्लाभर करिब २५ सय प्रहरी परिचालन

काठमाडौँ । जेनजी (GenZ) समूहको आजको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंका विभिन्न स्थानहरूमा उच्च सुरक्षा व्यवस्था अपनाइएको छ। सोमबार बिहानैदेखि लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजार, नयाँबानेश्वर लगायतका प्रमुख चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

जेनजीको प्रदर्शनलाई लक्षित गरी आज सुरक्षा व्यवस्था कडा पारिएको छ । यतिबेला माइतीघर क्षेत्रमा मात्रै ५ सय बढी प्रहरी खटाइएको छ भने काठमाडौँ जिल्लाभर करिब २५ सय प्रहरी परिचालन गरिने बताइएको हो । 

संभावित अराजक गतिविधि र तोडफोड हुनसक्ने आशंकामा सादा पोशाकका सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपील राज बोहराले जानकारी दिए। 

नयाँबानेश्वर क्षेत्र लगायतका निषेधित क्षेत्रमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ भने, सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) बाट सूचकहरू समेत खटाइएको प्रहरीले जनाएको छ।

जेनजी समूहले आइतबार प्रशासनसँग माइतीघर–बानेश्वर क्षेत्रको बीचमा प्रदर्शनको अनुमति मागेका थिए। प्रशासनबाट अनुमति पाएपछि उनीहरूले सोमबार बिहानैदेखि प्रदर्शन सुरु गरिसकेका छन्।