Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

घाइते भएका देउवा दम्पत्तिको उपचार चल्दै,टाउकोमा धारिलो हतियार प्रहार

घाइते भएका देउवा दम्पत्तिको उपचार चल्दै,टाउकोमा धारिलो हतियार प्रहार

काठमाडौँ,नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा हाल काठमाडौँस्थित एक अस्पतालमा उपचाररत छन्। मंगलबार जनजीविका संरक्षण आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पत्तिको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन्।

प्रदर्शनकारीले बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा आगजनी गरेपछि सुरक्षाको जिम्मेवारी लिएको सेनाले उनीहरूलाई उद्दार गरेको थियो। उद्दारका क्रममा हेलिकोप्टरमार्फत अस्पताल लैजान खोज्दा आन्दोलनकारीले लामो समयसम्म अवरोध गरेका थिए। अन्ततः मंगलबार साँझ सेनाले उनीहरूलाई अस्पताल पुर्याएको हो। सुरक्षाको कारण अस्पतालको नाम सार्वजनिक गरिएको छैन।

डाक्टरहरूका अनुसार देउवा दम्पत्तिको टाउकोको पछाडिको भागमा धारिलो हतियारले प्रहार भएको देखिएको छ। प्रारम्भिक परीक्षणमा प्रयोग गरिएको हतियार खुकुरी हुन सक्ने अनुमान गरिएको छ। घटनामा दुबै जनाको टाउको फुटेको र शरीरका अन्य भागमा समेत सामान्य चोटपटक लागेको बताइएको छ।

स्रोतका अनुसार घटना हुँदा सुरक्षाकर्मीको संख्या न्यून भएको र भीड नियन्त्रणमा लिन समय लागेकोले अवस्था बिग्रिएको हो। हाल दुबैको अवस्था स्थिर रहेको र थप परीक्षण तथा उपचार भइरहेको जनाइएको छ।