Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज जेनजी समूह र नेपाली सेनाबिच निर्णायक वार्ता हुने

आज जेनजी समूह र नेपाली सेनाबिच निर्णायक वार्ता हुने

काठमाडौँ । अन्तरिम सरकारको नेतृत्वका लागि आज जेनजी समूह र नेपाली सेनाबिच निर्णायक वार्ता हुने भएको छ । हिजो जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । आज नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो ।

जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो । जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेको छ । नयाँ सरकार गठनका लागि प्रधानसेनापति अशोकराज सिग्देलले थप छलफलका लागि आज सबै पक्षको बैठक बोलाएका हुन् ।

प्रधानसेनापति सिग्देलले हिजो दिनभर आन्दोलनरत जेन–जी पुस्ताका प्रतिनिधिहरू, धरानका मेयर हर्क साम्पाङ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतसँग छलफल गरेका थिए । जेन–जी समूहमा कार्कीसँगै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन, धरानका मेयर हर्क साम्पाङ, विद्युत् प्राधिकरणका पूर्वनिर्देशक कुलमान घिसिङ, वैज्ञानिक महावीर पुन, डाक्टर सन्दुक रुइतलगायतको नाम चर्चामा छ । बालेनले सामाजिक सञ्जालमार्फत सुशीला कार्कीको नाममा समर्थन जनाउनुभएको छ । त्यसैले उहाँकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको धेरैको विश्लेषण छ ।