काठमाडौँ । होटल संघ नेपाल ले जेन जी आन्दोलनको क्रममा झण्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको छ। संकलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा ठूलो क्षति भएको हानले जनाएको हो।
होटल र प्रतिष्ठानमा भएका तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षति समेत गरी देशैभर करिब २५ अर्बभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ।